काठमाडौं। व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। महासंघको एसोसिएट तर्फका उपाध्यक्ष रहेका ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्। आगामी चैतमा हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अब अध्यक्ष हुनेछन्। वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदलाई भावी अध्यक्षको रुपमा हेरिन्छ।