पर्सा । संस्थागत सामाजिक उत्तरदायित्वका काममा अग्रणी वित्तीय संस्था मेगा बैंक नेपालले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं लाभान्वित भएका छन् ।
नेपाल नेत्र ज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।
शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रतन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो ।