free website hit counter

अचानक सचिव फेरिए, घिमिरेको अवकाश

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको तीन महिना नबित्दै सचिव यादव कोइराला सरुवामा परेका छन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । उनको स्थानमा प्रधानमन्त्ती तथा मन्त्रीपरिषद्का सचिव लक्ष्मण अर्याललाई सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरेले अवकाश पाएका छन् । आजकै मितिबाट लागू हुने गरी उनले उमेरहदका कारण अवकाश पाएका हुन् । घिमिरेको बिहीबारै बिदाई गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा श्रम तथा रोजगार र शिक्षा मन्त्रालयमा सचिव रिक्त भएको लामै समय बितिसक्दा पनि सरकारले सचिव नियुक्त गर्न सकेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार