free website hit counter

अजोड इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम

beemaadmin
२०७६ माघ २२, बुधबार

पोखरा । बीमा बजारमा आफ्नो गर्विलो उपस्थिति जनाएको अजोड इन्स्योरेन्सले बीमा व्यवसाय विस्तारका लागि चेतनामूक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा गण्डकी प्रदेश अन्तर्गत लेक  साइड,पोखरामा यही माघ १७, १८ र १९ गते  आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलियोको वारेमा स्पष्ट पार्नुभएको थियो ।

केन्द्रिय कार्यालय बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पार्नुभएको थियो भने कम्पनीका पर्वत शाखाका शाखा अधिकृत हरि सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा जानकारी दिनुभएको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार