free website hit counter

अदालतको अवहेलनाको तारेख बुझ्न सुटुक्क राजधानीमा बालेन

beemaadmin
२०८२ फाल्गुन १, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सर्वोच्च अदालतमा अवहेलनाको तारेख बुझ्न बिहीबार सुटुक्क राजधानी छिरेर चुनावी अभियानमा फर्किएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका बालेन बिहीबार दिउँसो तारेख बुझेर फर्किएको मुद्दा फाँटका एक कर्मचारीले बताए । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार बालेन सर्वोच्च अदालतमा दिउँसो २ बजेको समयमा एक सुरक्षाकर्मीको साथमा सर्वोच्च अदालतमा आएको बताए । ज्याकेट खोलेर कसैसँग नबोली सिधै सर्वोच्च अदालतको नयाँ भवनमा गएर तारेख बुझेर फर्किए, वरिष्ठ अधिवक्ता खनालले रातोपाटीसँग भने, हामी सबै कानुन व्यवसायीहरू बसिरहेका थियौ, त्यस्तै १० मिनेट जति बसेर उनी फर्किए । तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएका थिए । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षा कुमारी झाले बालेनविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकी थिइन् । यो मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले तारिखका लागि वारेश राख्न बालेनको मागअनुसार अनुमति दिन अस्वीकार गरेको छ । सर्वोच्चले मुद्दाको तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् । बालेनले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए, जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनी सके पछि उनीहरू को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

सम्बन्धित समाचार