free website hit counter

अदालतले झिकायो पीडित किशोरीको जन्मदर्ता र नागरिकताको अभिलेख

beemaadmin
२०७९ कार्तिक २०, आईतवार

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको छ। शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो। सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको हो। गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए। उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए। सन्दीपले किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए। अदालतले ती कागजातको वैधानिकता बारे थप प्रमाण संकलन गर्न भनेको हो। सरकारी वकिल कार्यालयलाई प्रहरी मार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ। जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले भनेको हो। यस्तै, किशोरीको नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको छ। किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ।
यस्तै अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय मार्फत झिकाएको छ। उनीहरुलाई मंसिर ७ गते उपस्थित गराउन जिल्ला अदालतले भनेको हो। उनीहरूलाई प्रहरीमार्फत झिकाएर बकपत्रका लागि इजलासमा पेश गर्न भनिएको छ। प्रहरीले क्रिकेटर देव खनाल, सहाव आलम, काठमाडौं इन होटल, नागरकोटको होटलका कर्मचारी, किशोरी बस्ने होस्टल सञ्चालक लगायतसँग बयान लिएको थियो। प्रहरीले सोधपुछ गरेका व्यक्तिहरुलाई बकपत्रका लागि झिकाइएको हो। सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार