free website hit counter

अध्यक्ष पाण्डेद्वारा शपथग्रहण

beemaadmin
२०७९ श्रावण १२, बिहीबार

काठमाडौं । नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । हालै सम्पन्न साधारणसभाले पाण्डेलाई आगामी चार वर्षका लागि कम्पनीको अध्यक्षमा निर्वाचित गरेको थियो ।शपथग्रहण लगत्तै पाण्डेले पदभार ग्रहण गरे । उनले पदभार ग्रहण गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने बीमित अधिकतम् लाभ, कम्पनीमा लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने र जीवन बीमा सेवालाई अझै सहज र सरल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार