free website hit counter

अनलाइनबाटै खुल्छ सिटिजनमा खाता, ब्याज पनि पाइन्छ धेरै

beemaadmin
२०७७ बैशाख २२, सोमबार

काठमाडौं । प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत गरेको जनाएको छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकहरुले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्नासाथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ्ग कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाइन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार