free website hit counter

अनुदानको खोप लिन नेपाल एयरलाइन्स सोमबार बेइजिङ जाने

beemaadmin
२०७८ जेष्ठ १५, शनिबार

काठमाण्डौ । चीन सरकारले तत्काल उपलब्ध अनुदानस्वरुप गराउने कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आगामी सोमबार बेइजिङ जाने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीचको संवादपछिचीन सरकारले उपलब्ध कोरोनाविरुद्धको खोपको १० लाख डोज लिन निगमको ए३३० जहाज बेइजिङ जाने भएको हो। गत बुधबार राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङसँग नेपाललाई आवश्यक खोप खरिदका लागि सजीकरण गरिदिन अनुरोध गरेकी थिइन्। दुवै राष्ट्रपतिबीच यस विषयमा झन्डै ४० मिनेट कुराकानी भएको थियो। राष्ट्रपति भण्डारीसँगको कुराकानीपछि केही क्षणमै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेका थिए। सोही अनुदानको खोप लिन आगामी सोमबार निगमको जहाज बेइजिङ जाने बताइएको छ। यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार