free website hit counter

अन्ततः गगन नै भिड्ने भए देउवासँग

beemaadmin
२०७९ पुष ५, मंगलवार

काठमाडौं । अन्ततः नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो। यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो । बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने बताएका छन् । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार