free website hit counter

अपीले पायो ४७ प्रतिशत हकप्रदको अनुमति

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अपी पावर कम्पनी लिमिटेडले  ४७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले १ बराबर ०.४७ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन १२ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ। ४७ प्रतिशत हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्काशनका लागि २०७५ पुस १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर, बोर्डले ४७ प्रतिशत मात्र हकप्रद निष्काशनको अनुमति दिएको हो।

सम्बन्धित समाचार