free website hit counter

अब आत्महत्या गर्न पनि मेशिन

beemaadmin
२०७८ मंसिर २३, बिहीबार

एजेन्सी । प्रविधिको प्रयोग बढ्दो छ । जहाँसुकै प्रविधिको प्रयोग गरी कामलाई सजिलो र छिटो छरितो बनाइएको छ । अब त हुँदा हुँदा आत्महत्यालाई पनि सहज छिटो बनाउने नाममा मेशिनको आविस्कार भएको छ । स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ ।
एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा। फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा। डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बिरामी भएर हिँडडुल गर्न पनि सक्दैनन् । ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ । बिरामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ । यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा। निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ । यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

यद्यपि यस्तो मेसिन बनाएकोमा डा। निट्स्केको आलोचना पनि भइरहेको छ । केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई खतरनाक ग्यास च्याम्बर भनेका छन् । केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् । अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् । तेस्रो मेसिनको निर्माण पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार