free website hit counter

अब सिटिजन्सको एटीएममा मास्टरकार्ड चल्ने

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । आफ्नो सेवालाई सूचनाप्रविधिमैत्री बनाउनमा अग्रणी रहेको सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै नेपाल भ्रमण माआउने विदेशीपर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु सजिलो होस् भनेर बैंकले यो सुविधा ल्याएको बताएको छ । बैंकले यस अघि नै भिषा तथा युनियन पे सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब ४ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार