free website hit counter

अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्दै प्रभु इन्स्योरेन्स

beemaadmin
२०७९ आश्विन २६, बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले कार्तिक १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिममा सहभागी भई कार्य गर्न ईच्छुकले कार्तिक १४ गतेभित्र आवश्यक कागजातहरु सहित कम्पनीका आवेदन दिन आग्रह गरेको छ । इच्छुकले न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । निवेदनको साथमा आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति र तालिम शुल्क २ हजार रुपैयाँ सहित आवेदन पेश गर्नुपर्ने हुन्छ । संस्थागत अभिकर्ताको हकमा पनि तालिम शुल्क दुई हजार लाग्नेछ । उक्त तालिम प्रभु इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा हुनेछ ।

सम्बन्धित समाचार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार