जीवन तथा निर्जिवन बीमामा संस्थागत अभिकर्ताको रुपमा बीमा व्यवसाय सञ्चालन गर्न दिइने इजाजतलाई बैक्योन्स्योरेन्स भनिन्छ भने नेपालमा धेर बैंकहरुले यस प्रकारको इजाजत लिएका छन् । बीमा अभिर्का जस्तै आम्दानी उनीहरुले गर्दछन् ।
यसकारण बढ्दैछ चुनौती
बैंकमार्फत् गरिने बीमाका ग्राहक वा बीमितअधिकांश ऋणी हुन्छन् । आफूलाई ऋण आवश्यक परेको हुँदा बैंकले बीमा गर्ने प्रस्ताव गर्दा बाध्यात्मक रुपमा स्वीकार गर्दछन्भ ने निर्जिवनमा वा होम लोन, ओभरड्राफ्ट जस्ता ऋण लिँदा अनिवार्य सम्पत्ति बीमा गर्नै पर्छन किनकि बैंकले आफ्नो लगानीको सुरक्षा बीमा मार्फत् गरेको हुन्छ ।
जीवन बीमाको सन्दर्भमा अलि बढिनै जटिल देखिन्छ । बैंकमार्फत् गरिएको जीवन बीमामा प्रथम बीकाशुल्क बुझाएपछि वा बीमित र बैंकसँग कारोबार टुंगिएपछि बीमा शुल्क नियमित तिरेको पाइँदैन । यसको कारक तत्व भनेको बीमितले नबुझेको र संघ संस्थाले बीमाशुल्क बुझाउन ताकेता नगरेको बुझिन्छ ।
बीमित आफ्नो बीमा भएकोमा ढुक्क छ भने उता बीमाशुल्क नियमित नभई बीमालेख निस्क्रीय भैसकेको हुन्छ । त्यसै बखत घटना घटेमा क्षतिपूर्ति पाइँदैन र बीमा बजारमा नकारात्मक भ्रम सिर्जना हुन्छ । यस्ता उदाहरण धेरै छन् । यस्तो अवस्थामा अभिकर्तालाई बजार विस्तारमा ठूलो चुनौती देखा पर्दछ ।
बीमा अभिकर्ता र अन्य इजाजत प्राप्तबीच फरक
बीमा अभिकर्ता जो व्यक्ति हुन्छन् तालिम प्राप्त आफू काम गर्ने कम्पनीको बीमा लेख बारेमा पोख्त हुन्छन् र आफ्नो ग्राहक वा बीमितसँग नियमित सम्पर्कमा रहन्छन् ।
बीमाशुल्क बुझाउने, अन्य उत्पादनको बारेमा व्याख्या गर्ने गर्दछन् किनकि यो अभकिर्ताको व्यवसायिकता र बजार विस्तारको सिप हो भने उनीहरुको मुख्य पेशा नै यही हो, त्यसैले ग्राहकलाई हर तरहले सन्तुष्टि दिने अकिर्ताको उद्देश्य हुन्छ ।
संघ संस्था मार्फत् गरिएको बीमामा यो सबै सुविधा उपलब्ध हुँदैन । जीवन बीमामा फलोअप गर्दैनन् भने निर्जिवन बीमामा बीमितको कारोबार सकिएपछि नविकरण हुँदैन र जानकारी पनि दिँदैन ।
कस्तो छ अन्तर्राष्ट्रिय अभ्यास ?
अन्तर्राष्ट्रिय रुपमा बैंक्योन्स्योरेन्सलाई भन्दा ब्रोकर र डाइरेक्ट ब्रोकरलाई बढी प्राथमिकता दिएको पाइन्छ । ब्रोकर र दलाललाई इजाजत दिँदा बीमितलाई पनि सुविधा, शुल्क कम लाग्ने हुन्छ भने दाबी भुक्तानीमा पनि सहजता आउँछ । किन सहजता आउँछ भने बीमा दलालले बीमकको धेरै व्यापार गरिदिएको हुन्छ र दाबी भुक्तानी सहज नहुँदा बीमा दलाल अर्को बीमकसँग आवद्ध हुने सम्भावना रहन्छ । यस्ता विविध कारणले बीमितले बीमा दलालको सर्त मान्नै पर्दछ ।
बीमा दलाल र सीधा दलालमा के फरक छ ?
जीवन तथा निर्जिवन बीमा कम्पनीको पुनर्बीमा गराइदिने मध्यस्थ भूमिका खेल्नेलाई बीमा दलाल भनिन्छ । यो कुनै पनि देशको राज्यभित्रको वा विदेशी पुनर्बीमकसँग हुने गर्दछ । कुनै पनि बीमकले आफ्नो आर्थिक क्षमता भन्दा बढी दायित्व भएमा पुनर्बीमा गर्नै पर्दछ यसमा पुलको काम बीमा दलालले गर्दछन् । यहाँ स्पष्ट हुनु जरुरी के छ भने अभिर्का र बीमा दलालमा धेरै फरक छ ।
यसैअन्तर्गत सीधा दलालको व्यवसाय झन् फरक छ । यसअन्तर्गतको दलालको बीीमत र बीमकबीच सम्बन्ध धायम गर्दछ । यो बैक्योइन्स्योरेन्सको विकसित स्वरुप हो । सिधा दलालले कम्पनी खोलेर जीवन तथा निर्जिवन बीमाको बीमालेख बिक्री गर्दछन् । यसमा पनि बीमकको जस्तो कम्पनीको निश्चित पुँजी निर्धारण गरिएको हुन्छ र यो छुट्टै सेवामूलक र नाफा मुलक कम्पनी वा व्यवसाय हो । यसरी बीमा व्यवसाय गर्दा बीमक, बीमित र कर्मचारी वर्ग धेरै नै लाभान्वित हुन्छन् ।
अर्थमन्त्रालय र बीमा समितिलाई सुझाव
बैक्योन्स्योरेन्स बीमा व्यवसायमा त्यति सान्दर्भिक देखिँदैन जसले गर्दा बीमा व्यवसायमा विकृति बढिरहेको छ । कि यसलाई जनचेतनामूलक बनाउन सक्नु प¥यो नभए यसलाई बन्द गरेर सीधा दलाल छान्न पहल गर्न प¥यो र यसको परिधि सर्वमान्य हुन जरुरी छ ।