free website hit counter

अभिकर्तालाई निरुत्साहित पार्दै प्राधिकरण

beemaadmin
२०८१ जेष्ठ १३, आईतवार
  • नुरराज कँडेल

बीमा कम्पनीहरुको जनचेतनाका संवाहक बीमा अधिकर्ताहरु देशका विभिन्न कुना काप्चामा गई बीमा बजार विस्तार गर्दै गइरहेका छन् । स्वरोजगार रुपमा काम गर्ने अभिकर्ताहरुको कारणले गर्दा बीमाको पहुँच हालसम्म ५६.७ प्रतिशतसम्म पुग्न सफल भएको छ । यो म्यादी बीमा र वैदेशिक रोजगार बीमा सहितको तथ्यांक हो भने सावधिक बीमातर्फ अझै पनि बीमाको पहुँच १७.२ प्रतिशतमा सीमित छ । कुनै बेला थुप्रै समयसम्म ४÷५ प्रतिशतमा रोकिएको यो व्यवशाय लाखौंको संख्यामा कार्यरत बीमा अभिकर्ताहरुको सक्रियता र उनीहरुले फैलाएको चेतनाको फलस्वरुप बीमाको दायरा फराकिलो हुन पुगेको हो ।

रोजगारी बढाउने कि खोस्ने ?
हाम्रो जस्तो विकासोन्मुख देशमा दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको क्षेत्र फराकिलो पार्दै लैजानुपर्छ । रोजगारीका लागि लाखौंको संख्यामा विदेशीएका युवा पुस्तालाई रोकेर उत्पादनमूलक क्षेत्रमा लगाउन सक्नुपर्छ जसले गर्दा देशको अर्थतन्त्रमा टेवा पु¥याउन सम्भव हुन्छ । कुनै पनि संघ संस्थाले व्यक्तिको क्षमताअनुसारको रोजगारीको मार्ग प्रशस्त गर्नु जरुरी हुन्छ । जसले गर्दा समाजमा सकारात्मक सन्देश दिई काम गर्नेहरुलाई आत्मसम्मानको आभाष हुन्छ र कार्यक्षमताको विकास हुन्छ ।

नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योन्स पोलिसी गाइडलाइन्स २०२४ जारी गरेको छ । जसको फलस्वरुप बीमकहरुले डिजिटल माध्यमबाट बीमालेख बिक्री गर्दा कुनै मध्यस्थकर्ताको आवश्यकता नपर्ने देखिन्छ । यसको प्रत्यक्ष असर बीमा अधिकर्तालाई पर्ने निश्चित छ । समयको मागअनुसार सजिलो, भरपर्दो र प्रविधिमैत्री बनाउँदै जानु राम्रो पक्ष हो । तर यसको असर कसलाई कति पर्छ भन्ने कुरा पनि मूल्यांकन गर्नु जरुरी छ । बीमा प्राधिकरण जस्तो जिम्मेवार निकायले निर्णय लिएर निर्देशन दिँदा सरोकारवालाहरुको समस्या र समाधानमा केन्द्रीत भई सरसल्लाह गर्न जरुरी छ ।

राज्यको अर्थतन्त्रमा टेवा
बीमा अभिकर्ताले जति आम्दानी गर्दछन् त्यसको १५ प्रतिशत कर राज्यलाई बुझाउनु पर्दछ । बीमा भिकर्ताको आम्दानीबाटै वार्षिक अरवौं राज्य कोषमा जम्मा भई राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुगिरहेको छ ।

बैङ्कोस्योरेन्सबाट पाठ सिक्ने कि ?
विभिन्न संघ संस्था लगायत बैंकहरुलाई पनि बीमालेख बिक्रीको इजाजत दिइएको थियो । विशेष गरी बैंकमा ग्राहक ऋण लिन जाँदा बीमा प्रस्ताव गरिन्थ्यो त्यसमा ग्राहक दुविधामा पर्दथे । बीमा नगरे ऋण नपाइने, बीमा गरे किस्ता बुझाउनै हम्मे पर्ने अवस्था थियो । जे भए पनि बीमा गर्न बाध्य हुन्थे । बैंकका ग्राहकले ऋणबापतको रकम बीमामा खर्च गरेर व्याज तिर्नै समस्या भइरहेको सन्दर्भमा बीमा शुल्क नियमित गर्ने सम्भावना कम थियो भने बीमितले बीमाको उद्देश्य नै बुझेको हुँदैनथ्यो । किनकि उसलाई बैंकले त्यसको बारेमा बताएकै हुँदैनथ्यो । फलस्वरुप त्यसरी जारी भएका अधिकांश बीमालेख निश्कृय भए भने २÷३ वर्ष नियमत भएका बीमालेखहरु पनि समर्पणमा गए । यसले के प्रष्ट पार्दछ भने यदि त्यस ठाउँमा दक्ष बीमा अभिकर्ता भएको भए यस्तो समस्या कम हुन्थ्यो ।

दुई महिना पहिलेको घटना हो । केही व्यक्ति मलाई खोज्दै आएका थिए । कारण त्यही बैङ्क्योस्योन्स रहेछ । बीमि भन्छन्, हामीलाई बैंकले पनि ठग्यो, इन्स्योरेन्सले पनि ठग्यो । त्यो बैंक नेपालको क वर्गको थियो भने इन्स्योरेन्स पनि पुरानै थियो । मैले उनीहरुलाई बीमाका बारेमा केही कुरा सोधें उनीहरु अक्क न बक्क भए । उनीहरुले खरिद गरेको बीमालेख हेरें । सम्पूर्ण सुविधाहरु जसमा एडीबी, पीटीडी, सीआई, एमआईबी, एफइबी लगायतका सुविधाहरु उपलब्ध थिए । ती सुविधाहरुको बारेमा उनीहरुलाई बेलिविस्तार लगाइदिएँ, त्यसपछि उनीहरु अल्लि बढी आशावादी भए । सबैले प्रथम बीमा शुल्क मात्रै बुझाएका रहेछन् । कसैको २ वर्ष बाँकी त कसैको ३ वर्ष बुझाउन बाँकी रहेछ । तर उनीहरुको गुनासो भने आफू ठगिएको समाचार छपाउने थियो । तर मैले उनीहरुलाई इन्स्योरेन्सको विषयमा बुझाएर आवश्यक परेमा यतिसम्म ऋण लिन मिल्छ भनेपछि उनीहरु खुसी भएर त्यही अनुसार अघि बढ्ने भए । अब यस ठाउँमा बैंकको सट्टामा बीमा अभिकर्ता भएको भए नियमित सम्पर्कमा रहन्थे, समस्या बुज्थे र समाधानको बाटो खोज्थे । जसले गर्दा बीमालेख समर्पण कम हुन्थ्यो र चुक्ता बीमालेखमा पनि परिणत हुन्थेन । यसैकारण बीमा अभिकर्ताको भूमिका बीमा व्यवसायमा उल्लेखनीय देखिन्छ ।

बीमकको सल्लाहकारको भूमिका कसले निभाउने ?
बीमकहरुको प्रथम जोखिम मूल्यांकन गर्ने भनेको बीमा अभिकर्ताले हो । तर ग्राहकले आफैं बीमा प्रस्ताव गर्दा बीमकले कसरी जोखिमको मूल्यांकन गर्ला ? बीमितको पारिवारिक इतिहास के होला ? शैक्षिक र भौतिक अवस्था के होला ? बीमितले भरेको प्रस्ताव फारम ठिक होला कि नहोला ? बीमित ग्याङ फाइटर, दुव्र्यशन लगायतमा फसेको छ÷छैन त्यसको जानकारी कसले पाउने ? बीमालेखको मिस सेलिङ भइरहेको छ कि छैन होला ? अनलाइन बीमालेख खरिदमा यस्ता विषयमा छायाँमा पर्नसक्छ । जसले बीमालेखको मिस सेलिङ हुने निश्चित छ । यदि अभिकर्तामार्फत् प्रस्तावकको बीमा गरेमा अभिकर्ताले केही न केही तथ्य खोलेर अण्डरराइडिङलाई सहयोग पुग्दछ । आफैं बीमालेख खरिद गरेमा बीमालेख नियमित र सक्रिय नहुने निश्चित प्राय हुन्छ । किनकि बीमकले बिमितलाई अभिकर्ताले जस्तो नियमित सम्पर्क गर्दैनन् र बीमित अनविज्ञ भई बीमाशुल्क नबुझाई बसेर बीमालेख निश्क्रिय पारिदिन्छन् । जसले गर्दा कुनै घटना भएमा बीमालेखको सम्पूर्ण सुविधाबाट बञ्चित भई बीमा बजारको नकारात्मक प्रचार गर्छन् । यसैगरी बीमा लेखको चुक्ता बीमांक भनेको के हो ? समर्पण मूल्य भनेको के हो ? बीमालेख धितोमा ऋण भनेको के हो ? यो सबै बुझाउन काम बीमा अभिकर्ताले गर्दछन् ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार