free website hit counter

अभिकर्ताले लाइसेन्स कहिले पाउने ?

beemaadmin
२०८० पुष ४, बुधबार

नियामक निकाय नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीद्वारा बीमा अभिकर्ताको इजाजत नविकरण गर्यो । अनलाइन परीक्षा लिई बीमा अभिकर्ताहरुलाई परीक्षामा सामेल गराई उत्तीर्ण गरिएका र पुराना अभिकर्ताको इजाजत पत्र हालसम्म उपलब्ध गराउन सकेको छैन् ।

बीमा अभिकर्ताको आचारसंहितामा के छ ?
बीमा अभिकर्ताको आचारसंहिताको प्रमुख बुँदा अभिकर्ताले प्राधिकरणले उपलब्ध गराएको इजाजत साथमा राखेर मात्र बीमालेख बिक्री गर्न पाउने उल्लेख छ, जुन कुरा पटक पटक प्राधिकरणले निर्देशिका जारी गर्दछ र बीमा एैन २०७९ मा पनि उल्लेख गरिएको छ । र पनि नेपाल बीमा प्राधिकरणले व्यवस्थित रुपमा अभिकर्ता प्रमाणपत्र वितरण गर्न सकेको छैन ।

बीमा अभिकर्ता अन्योलमा
अभिकर्ताले आफ्नो इजाजत नविकरण गरे । प्राधिकरणले नयाँ अभिकर्ता उत्पादन गर्नै छ तर उक्त व्यक्तिको आफ्नो कोड नं. सक्रिय भए नभएको प्रमाण केही छैन । बीमकमा गएर सिस्टममा गएपछि मात्र थाहा हुन्छ तर नेपाल बीमा प्राधिकरणले प्रमाणपत्र उपलब्ध गराई अनलाइबाट नै आफ्नो अभिकर्ता कोड सक्रिय वा निस्क्रिय भएको जानकारी दिन प्रयास गर्नु पर्दछ ।

बीमा अभिकर्ताको गोपनियता भंग
हाल आएर नेपाल बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षाको नतिजा आफनो वेभसाइटमा नामावलीसहित बीमकको नामसँग जोडेर गर्ने गरेको छ जुन नितान्त गलत छ । यसमा बीमक र अभिकर्ताको संख्यामात्र उल्लेख गर्नुपर्दछ । नभए बीमा अभिकर्ता र बीमकबीच, बीमक बीमकबीच फाटो पर्ने निश्चित छ । किनकि सधैं एउटै बीमकमा अभिकर्ता काम गर्दछन् भन्रे हुँदैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार