free website hit counter

अभिकर्ता नै बीमा व्यवसायका मेरुदण्ड

beemaadmin
२०७७ फाल्गुन २३, आईतवार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले राजधानीमा अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिवृद्धि गर्न देशभर छरिएर रहेका १२९ क्रियाशील अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै अभिकर्ताहरुका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महत्वपूर्ण योगदान पुगेको बताए ।

आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ताहरु उत्पादन गरी व्यवसाय वृद्धिमा टेवा पु¥याउने कम्पनीको लक्ष्य रहेको उनले बताए । पाँच दशक लामो पृष्ठभूमि भएको कम्पनीले बीमा व्यवसाय विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष उपाध्यायले प्रभावकारितामा आइपरेका प्रारम्भिक चरणका कतिपय जटिलताका गाँठा फुकाउने काम पनि भइरहेको बताए ।

कम्पनीले आफ्नो उद्देश्यअनुरुप बीमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतहरुलाई पूँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उनले कर्पोरेट ढाँचामा व्यवसायिक जोखिमसँग सम्बद्घ परम्परागत बीमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बीमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताए ।

यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिँदै आएको बताए । सरकारको नीति तथा कार्यक्रमसँग तादम्यता हुनेगरी सार्वजनिक सेवा प्रदान गर्नु र निजी तथा विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उनले बताए ।

कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिबृद्घिमा उनीहरुको भूमिका उल्लेख्य रहेको बताए । कम्पनीले शाखा विस्तार गर्न थालनी गरेको जानकारी दिंदै उनले यसै वर्ष छ शाखा तथा उपशाखा सञ्चालन गरेको बताए । कार्यक्रममा कम्पनीमा आर्थिक वर्ष २०७६र७७ मा बीमा व्यवसाय प्रदान गर्ने उत्कृष्ट १० जना अभिकर्ताहरुलाई नगद पुरस्कार, एक लाख रुपियाँको दुर्घटना बीमा, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार