free website hit counter

अभिकर्ता बीमा कम्पनीका पिलर हुन्

beemaadmin
२०७७ पुष १४, मंगलवार

हुन त अभिकर्ता भनेको कमिशनको आधारमा काम गर्ने व्यक्ति नै हुन् । तर कमशिन ग्राहकको बीमा शुल्कमा जोडिए पनि बीमकको (बीमा कम्पनीको) व्यापारिक शैलीमा निर्भर हुन्छ । ग्राहकको बीमा गरे बापत कमिशन नलिएको भन्दा हुन्छ किनकि बीमा व्यवसायको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार चल्दछ ।

ग्राहक आफैं बीमा कम्पनी गए बीमा शुल्क वा अभिकर्ता कमिशन छूट हुन्छ ?
बीमाको शुल्क कसैले पनि परिवर्तन गर्न सक्दैन । ग्राहक आफैं बीमा कम्पनी गई जीवन बीमा शुल्क घटबढ हुँदैन । बरु बीमा अभिकर्तालाई नै छूटको अनुरोध गर्दा केही राहत मिल्न सक्छ । कुशल अभिकर्ताले बीमा कम्पनीले स्किम निकालेको बेलामा पारेर वा अरु कुनै शीर्षकमा एक पटकलाई धेरै थोरै बीमा शुल्क छूट गरीदिन सक्दछन् । त्यो आपसी सहमति तय हुने कुरा हो ।

० ग्राहक आफैं बीमा कम्पनीमा जाँदा बीमा हुन्छ कि हुँदैन वा कसरी हुन्छ ?
नेपालमा कुनै पनि जीवन बीमा अभिकर्ताको हस्ताक्षर र गोप्य प्रतिवेदन नभई हुँदैन । बीमा कम्पनीमा सिधा गएर बीमा गर्दा कही कसैको भए तापनि कम्पनकीकै सेरोफेरोमा घुम्ने अभिकर्ताले हस्ताक्षर गरेर बीमा गराएका हुन्छन् । जुन कुरा ग्राहकलाई थाहा हुँदैन । कतिपय ग्राहकहरु अभिकर्तामार्फत् प्रस्ताव फारम भरेर घरमा सल्लाह गर्छु भनेर भरेको फारम लिएर जान्छन् र बीमा कम्पनीमा गई बीमा गर्छन् । सकभर म सिधा कम्पनीमा आएको हो अभिकर्तामार्फत् होर भनेर छूट माग्दछन् र अभिकर्तालाई झुक्याएँ भन्छन् तर ग्राहक आफैं झुक्किइरहेका हुन्छन् ।

० त्यसो भए जीवन बीमा कसरी गर्ने ?
आफूलाई विश्वास लाग्ने अभिकर्तामार्फत् नै बीमा गर्दा बढी सेवा प्रदायक र सुरक्षित होइन्छ । बीमाका प्रकार, पुरक सुविधाहरु र जोखिम बहन हुने क्षेत्रहरु बुझेर बीमा गर्नुपर्दछ । अभिकर्ता भने घुम्ति बीमा हो कमिशनको खेती होइन । बीमा कम्पनीको प्रतिनिधि अभिकर्ता हुन् । बीमकको सिफारिशमा बीमा समितिबाट इजाजत लिएका हुन्छन् । यदि अभिकर्ताले गलत नियतले काम गरेमा कानुन संवत कारबाही हुन्छ । यदि अभिकर्ताको नैतिकतामा संका लागेमा बीमा शुल्क बुझाउनलाई आफू अभिकर्तासँगसँगै बीमा कम्पनी जान सकिन्छ र आगामी बीमा शुल्क पनि विश्वासका लागि अभिकर्तालाई दिन मन नलागे आफैं बुझाउने ।

० अभिकर्तामार्फत् बीमा गर्दा अन्य के फाइदा हुन्छ ?
जीवन बीमा प्राय लामो अवधिको करार हो वा गरिन्छ । जसमा ५–१०–१५–२०–२५ वर्षको बीमा योजना अनुसारले र आफ्नो आवश्यकता पूर्ति गरिन्छ । व्यक्तिको आर्थिक स्थिति बिग्रँदैन । कुनै बेला दैनिक जीवन यापन गर्न नै समस्या हुनसक्छ । त्यस्तो स्थितिमा आफूले खरिद गरेको बीमालेखको शुल्क बुझाउन झन कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो समस्या खुलस्थ रुपमा अभिकर्तालाई व्यक्त गर्दा समस्या समाधान हुनसक्छ ।

० अभिकर्ताले समस्याबाट नै समाधान निकाल्दछन्
ग्राहकले बीमा शुल्क दुई वर्षभन्दा बढी समय लगातार बुझाउन नसकेमा आफ्नो समस्या अभिकर्तासँग स्पष्ट कुरा राख्नुपर्दछ ।
त्यस्तो अवस्थामा बीमा लेख धितोमा कति पैसा पाइन्छ । त्यो पैसाले घरायसी गर्जो टारेर बीमा शुल्क बुझाउन सकिन्छ कि सकिँदैन अभिकर्ताले बाँच र बचाउको सिद्धान्त लागू गर्दछ । यसबाट पनि समाधान नभए बीमालेख समर्पण गरी कम रकमको (बीमाङ्क) बीमा गरी बाँकीले आफ्नो आर्थिक समस्या टार्न सकिन्छ ।

० समस्याको समाधान अभिकर्ताले गर्छन् ?
यो जटिल समस्या हो । यसमा ग्राहक आफैं मर्कामा पर्दछ । ग्राहकले सोध्छन् बीमाको पैसा माग्नलाई फोन आयो । यो गलत हो । पैसा नभए स्पष्ट भन्नु पर्दछ समाधानको उपाय अभिकर्ताले निकाल्छन् ।

० अभिकर्ता कम्पनीका सूचक पनि हुन् ।
बीमकहरुले बीमालेखको प्रकार र सुविधा अभिकर्तालाइ बताएका हुन्छन् । कहिले काहीं व्यतित बीमालेखको ब्याज र हर्जना छूट गरिएको हुन्छ र त्यही कारणले ग्राहकलाई अभिकर्ताले जानकारी गराउन खोज्दछन् तर ग्राहकको फोन उठ्दैन यो विडम्बना हो ।

० अभिकर्ता बीमा कम्पनीका पिलर हुन् ।
बीमा कम्पनीलाई सञ्चालनमा सहयोग र योगदान दिने भनेकै अभिकर्ताले हो । बीमकको प्रमुख कार्यकारी अधिकृत लगायतलाई रोजगारी दिने र तलब भत्ताको व्यवस्था गराइदिने नै अभिकर्ता हुन् । यदि बीमकमा अभिकर्ताले व्यापार गरेन भने बीमा कम्पनी चौपट हुन्छ । बीमकको विश्वास अभिकर्ताले लिई ग्राहकलाई सेवा र सुविधाको निश्चित गर्दछन् र आफूनै जमानत बनेर काम गर्दछन् र ग्राहक आकर्षित भई बीमालेख खरिद गर्दछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार