free website hit counter

अभिकर्ता र बीमा व्यवसाय

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

बीमा व्यवसाय एउटा व्यापार हो । व्यापारको लागि पसल आवश्यक हुन्छ र उक्त पसल मान्छेहरूको चहलपहल बढी हुने स्थान र व्यापारिक केन्द्रमा हुनुपर्दछ तर बीमा व्यवसायको लागि व्यापारिक केन्द्रबिन्दु, बढी जनमानसको आगमनको क्षेत्रमा अफिस स्थापना गर्न जरुरी छैन । व्यवसायिक केन्द्रको काम अभिकर्ताले गर्दछन् । यस व्यवसायमा ग्राहक आफैं कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताहरूले र उनीहरूको विश्वासमा ग्राहक तान्ने हुँदा बीमकको कारोबार गर्ने अफिस जहाँ जता भए पनि फरक पर्दैन । अभिकर्ताको विश्वासमा ग्राहक आकर्षित हुन्छन् । र बीमाको व्यापार बढ्छ ।

यसकारण अभिकर्ता बीमा व्यवसायको मेरुदण्ड हुन् । यस प्रसंग जीवन बीमा व्यवसायमा बढी प्रेरित हुन्छ । नीर्जिवन बीमा व्यवसायमा अभिकर्ताको इच्छा कम देखिन्छ । किनकि यसको कारक तत्व भनेको नीति नियमको कमजोरी र नियमक निकायको सिर्जनशीलतामा भर पर्ने पनि देखिन्छ । विश्व बजारमा हेर्ने हो भने जुन देशको आर्थिक विकास तिव्र हुन्छ त्यहाँ शिक्षा, स्वास्थ्य र बीमाकोे महत्वपूर्ण स्थान रहन्छ आर्थिक विकासको सूचकांक मूल्यांकन गरिने भनेको गास, बास, कपास, आर्थिक, सामाजिक सुरक्षा, स्वास्थ्य र शिक्षामा केन्द्रीत हुन्छ । निर्जिवन बीमा व्यवसायमा अभिकताको आकर्षण कम छ, यसको कारण भनेको बीमक र नियमक निकायले सम्बन्धित कुरामा चासो नदेखाएको बुझिन्छ । किनकि बीमा व्यवसाय अभिकर्तामा आधारित व्यवसाय हो तर निर्जिवन बीमामा अभिकर्ताको आकर्षण देखिएन ।

निर्जिवन बीमा व्यवसायमा अभिकर्ता आकर्षित नहुने कारण
नीर्जिवन बीमा व्यवसायमा अभिकर्ताको आकर्षण निकै कम छ यसको कारक तत्व भनेको बीमकको प्रतिनिधि सिधा बजारमा गएर कमिशन र बीमकको नियम अनुसार बीमा शुल्कमा छूट दिई बीमालेख जारीगर्ने अहिलेको प्रवृत्ति हो । यसमा निर्जिवन बीमा कम्पनीले मार्केटिङ म्यानेजर तलबी रुपमा राखेर बजार विस्तारमा पठाई अभिकर्ताको कमिशन छूट गरेर बीमा लेख जारी गर्दछन् । अभिकर्ता आकर्षित नहुने अर्को मुख्य कारण भनेको निर्जिवन बीमकले सेवा दिने क्षेत्रहरू वा बिक्री गर्ने बीमा लेखमा कमिशनको असामान्य स्थिति कायम हुनु हो । यो भनेको कुनै शिर्षकमा कमिशन दिने कुनैमा नदिने फेरि शीर्षक अनुसारको कमिशन फरक हुने जसमा करकट्टि हुँदा बीमा शुलकको ४.२५ प्रतिशत मात्र अभिकर्ताले कमिशन पाउने हुँदा अभिकर्ताले बीमा गर्ने प्रयास नै गर्दैनन् । जबकि जीवन बीमामा कमिशन दर बढी हुन्छ । किनकि यो पारिश्रमिक नै हो ।

यसको जिम्मेवार को हो ?
नियमक निकाय बीमा समितिले सुझबुझका साथ अझ राम्रोसँग नियमन र निर्देशन गर्नु पर्दछ किनकि बीमकहरूको कमाण्डर भनेको बीमा समिति हो र नेपाल सरकारको पनि ध्यानाआकर्षण हुँनै पर्दछ नकी यो ठूलो राष्ट्रिय मुद्दा हो । राज्यसञ्चालकहरू यस प्रकारको संवेदनशील समयमा कुशल सल्लाहकार राखेर समस्याको निकाश निकाल्न सक्नु पर्दछ ।

यसकारण बीमा अभिकर्ता बीमा व्यवसायको प्रमुख व्यक्ति हो
विश्वमा जीवन बीमा व्यवसाय अभिकर्ता बिना सम्भव नै हुँदैन र निर्जिवन बीमा व्यवसायमा पनि यो अभ्यास हुन आवश्यक देखिन्छ । अभिकर्ता भनेको व्यापारिक केन्द्र वा डिलर हो जो बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम हो । यस माध्यमलाई नियामक निकाय वा बीमा समितिले सु व्यवस्ति बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउँदछ । जसले गर्दा लाभग्राहीहरू लाभान्वित भई अभिकर्ताले बीमा पहुँचलाई सरल, सुलभ, सरल, सक्षम र सहज बनाउँदछ । मेरो आफ्नो धारणामा अभिकर्ता भनेको घुम्ति बीमा हो । जुन निकै प्रतिफल पूर्ण हुन्छ यसमा बीमकको लगानी नभई बीमा बजार विस्तार भैरहेको हुन्छ ।

जसले गर्दा बीमकको खर्च कम भई बढि नाफामा जान सहयोग पुग्दछ । प्राविधिक क्षेत्रअन्तर्गत पर्ने यस व्यवसायमा निर्जिवन बीमा व्यवसाय झन बढी प्राविधिक छ किनकि बीमकको हरेक उत्पादन र शीर्षकको परिधिनै फरक हुन्छ । यस विषय वस्तुलाई छोटो समयमा बीमा अभिकर्ताले सबै बुझ्न नसक्लान् तर बुझेपछि उनीहरूले यस कार्यक्षेत्र अनिवार्य मानेर काम गर्दछन् । किनकि नदिका दुई किनारालाई भेट गराउने पुलको काम गर्ने एउटा मात्र व्यक्ति बीमा अभिकर्ता हो, ऊ विश्वासको पात्र हो र, बीमकको मेरुदण्ड वा घरको खम्बा नै हो । त्यसैले निर्जिवन बीमामा बीमा अभिकर्ताको भूमिका बढाउन सकेमा यस व्यवसायको विस्तार व्यापक हुने निश्चित प्राय छ । यस क्षेत्रको कमी कमजोरी यदि छन् भने हाम्रो (बीमकको) अभिभावक भनेको बीमा समिति हो उक्त अभिभावकले समस्याको समाधान निकाल्न पर्दछ र निकास निस्कन्छ पनि ।

(लेखक नेपाल इन्स्योरेन्सका प्रमुख नायव महाप्रबन्धक हुनुहुन्छ)

सम्बन्धित समाचार