free website hit counter

अभिकर्ता संघ पोखराको पाचौँ साधारण सभा सम्पन्न

beemaadmin
२०८१ पुष २८, आईतवार

काठमाडौं । बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा समितिको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय उपाध्यक्ष रामशरण पोख्रेलले अभिकर्ता र बीमितको हकहितको लागि अभिकर्ता संघ आवस्यक रहेकाले सबै अभिकर्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश इन्चार्ज समेत रहेका पोख्रेलले केन्द्रिय कार्यसमितिले बिगतमा गरेका कामहरु साथै बिमित र अभिकर्ताको हकहितको लागि आगामी गर्नुपर्ने कामहरुको बारेमा प्रष्ट पारेका थिए । पोखरा शाखा समितिलाइ उत्कृष्ट काम गर्दै आइरहेकोमा प्रसंसा गर्दै देशैभरिका सबै शाखा समितीले पोखरा शाखा समितीबाट उदाहरणिय काम गर्न सिक्नुपर्नेमा सुझाव समेत दिए । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय कोषाध्यक्ष बिमला आम्गाइ, केन्द्रिय सदस्य दामोदर सापकोटा, बिमक समिती गण्डकी प्रदेश उपाध्यक्ष मन्जु कोइराला, नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश अपरेसन इन्चार्ज बिष्णु बहादुर अधिकारी, पुर्व केन्द्रिय सदस्य नेत्र प्रसाद ढकाल, नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिना, शाखा समितिका निवर्तमान अध्यक्ष तारादेबी बराल, लेखनाथ शाखा समिती अध्यक्ष योगेन्द्र बराल, पोखरा शाखा समिती सदस्री कुन्दन कुमार मल्लिक लगायतले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा पोखरा शाखा समिती मार्फत आजिवन सदस्य लिएका अभिकर्ताहरुलाइ आजिवन सदस्यताको प्रमाणपत्र बितरण गरिएको थियो । साथै पोखरा शाखा समितिले प्रत्येक वर्ष वार्षिक साधारण सभाको अवसरमा पोखरा शाखामा कार्यरत कर्मचारीलाई सम्मान गर्दै आइरहेकोमा यस वर्ष उत्कृष्ट कर्मचारी अनिल घिमिरे सम्मानित भएका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखा समिती अध्यक्ष दिपक प्रसाद पराजुलीले साङ्गठनिक प्रतिबेदन प्रस्तुत गर्दै शाखा समितिले उत्कृष्ट काम गरेको भनी चौतर्फी बधाई आइरहेकोमा आगामी दिनहरुमा अझै सशक्त भएर काम गर्ने उर्जा प्राप्त भएको बताए ।

साधारण सभामा सचीव धन प्रसाद पौडेलले सचीवको प्रगति प्रतिबेदन र कोषाध्यक्ष सोम बहादुर नेपालिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
पोखरा शाखा समिती अध्यक्ष दिपक प्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत कार्यक्रम संयोजक लालु प्रसाद शर्मा र संचालन सचीव धन प्रसाद पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार