free website hit counter

अभिकर्ता सम्मान तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ श्रावण १७, मंगलवार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । यूनियनमा आवद्ध भइ प्रदेश १ मा क्रियाशिल यूनियन लाइफ स्टार एजेन्सी टिमले बिर्तामोडमा अभिकर्ताहरुको क्षमता विकास साथै सम्मान गरेको हो । बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्ड सिटीमा आयोजित कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्न सफल २ दर्जनबढी अभिकर्ताहरुलाई सम्मान गरिएको हो । टिमले पहिलो पटक असार महिनामा सञ्चालन गरेको उत्कृष्ट व्यवसायको आधारमा १९ जना हिरो अफ द डे बन्न सफल एजेन्सी मेनेजरहरुलाई सम्मान पत्रले सम्मानित गरेको थियो । त्यस्तै हिरो अफ द विक बन्न सफल एजेन्सी मेनेजरद्वय मिलन कोइराला र तिर्थप्रसाद दाहाल र हिरो अफ द मन्थ बन्न सफल एजेन्सी मेनेजर सागर रिजाललाई ट्रफी तथा सम्मान पत्रले सम्मानित गरेको कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।
टिममा २५ लाख बढी व्यवसाय गर्न सफल कोपिला चौहान, सागर रिजाल, शिव खनाल र मेनुका तिवारी सम्मानित भएका थिए । त्यस्तै पचास लाख बढी व्यवसाय गर्ने एजेन्सी मेनेजर राजु पाठक, ७५ लाख बढी व्यवसाय गर्न सफल एजेन्सी मेनेजरद्वय सार्जन पाहिम र दिपक तुम्बापो साथै एक करोड बढी व्यवसाय गर्न सफल सिनियर एजेन्सी मेनेजर पुष्प खड्कालाई कम्पनीका सिनियर एजेन्सी मेनेजर तथा टिम लिडर खिवराज दाहालले सम्मान गरेका हुन् । असार महिनामा प्रदेश १ मै उत्कृष्ट ब्यवसाय गर्न सफल बिर्तामोड शाखाका शाखा प्रमुख बद्री भण्डारीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा टिम लिडर दाहालले सहभागी अभिकर्ताहरुलाई बीमा किन र कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले जीवन विमा अत्यन्त आवश्यक भएको बताउँदै पालिकाले अति विपन्न नागरिकको निःशुल्क बीमा गर्ने निर्णय गरेको बताइन । उनले बीमा नागरिकको रक्षावरणका लागि आवश्यक भएको बताउँदै नगरबासीलाई बीमाको पहुँचमा ल्याउन आवश्यक सहयोग गर्ने बताइन् । कार्यक्रममा एम्नेष्टि इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष तथा शिक्षासेवी हेमकुमार खड्का लगायत यूनियन लाइफका विभिन्न शाखामा कार्यरत प्रमुखहरुका साथै दर्जनौँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार