काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा सम्मानलाई केन्द्रमा राख्दै “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एकदिने विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी सिंचन गरेर गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय झा को प्रशिक्षण सत्र प्रमुख आकर्षणका रूपमा रहेको थियो। उनले बिक्री कौशल, लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि तथा बदलिँदो बीमा बजारमा सफल हुन आवश्यक रणनीतिबारे प्रभावकारी प्रशिक्षण प्रदान गरे। सहभागीहरूले उक्त सत्रलाई अत्यन्त प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।