free website hit counter

अमेरिकामा एकै परिवारका चार जनाको ज्यान लियो कोरोनाले

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेरन्सी । कोरोना संक्रमण विश्वव्यापी बनिरहँदा १३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ । अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वषर्ीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड–१९ बाट संक्रमित भएका थिए । परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना भएका छन् । करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन् ।
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यसैले विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने मानिसहरुलाई चेतावनी दिएका छन् ।
न्यूजर्सीमा ज्यान गुमाउनेमा ग्रेस फुस्कोसहित उनकादुई छोरा र एक छोरी छन् । दुई छोराहरु कार्मेन फुस्को र भिन्सेन्ट फुस्को तथा एक छोरी रिताफुस्को(ज्याक्सनको ज्यान कोभिड(१९ को कारण गएको हो । परिवारका एक सदस्यले दिएको जानकारीअनुसार अन्य १९ जना अहिले होम आइसोलेशनमा बसेका छन् । उनीहरु आफूमा कोरोना भाइरसको संक्रमण रहेको वा नरहेको भन्ने कुराको नतिजा कुरिरहेका छन् । परिवारका सदस्यहरुले भने मुलुकमा सेलिब्रेटीहरुलाई कुनै लक्षण नदेखिए पनि उच्च प्राथमिकतामा राखिएको र आफूहरुको परिवारका सबै सदस्य बिरामी हुँदा पनि राम्रो उपचार नपाएको गुनासो गरेका छन् ।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण २७६ जनाको ज्यान गइसकेको छ । पुष्टि भएका संक्रमितको संख्या पनि १९ हजार कटिसकेको छ । अमेरिकाको सबै राज्यमा यो भाइरसको संक्रमण देखिएको छ । अहिले धेरै अमेरिकी शहरहरु लकडाउन गरिएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार