free website hit counter

अमेरिकामा ज्यान गुमाउने ५० हजार पनि नाघ्यो

beemaadmin
२०७७ बैशाख १३, शनिबार

एजेन्सी । विश्व महामारी कोरोना संक्रमणले नराम्रोसँग गाँजेको मुलुक हो अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार पनि नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो । जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो । योसहित त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृत्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ । जुन कोरोना महामारीबाट अत्याधिक प्रभावित युरोपेली मुलुकहरु इटाली र स्पेनको भन्दा निकै धेरै हो । कोरोना संक्रमणबाट इटालीमा २५ हजार ९६९ र स्पेनमा २२ हजार ५२४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार