free website hit counter

अमेरिकाले कोराना फैलाएको चीनको आरोप

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

एजेन्सी । विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस कसरी उत्तपत्ति भयो के यो मानव निर्मित भाइरस मानिसकै नियन्त्रण बाहिर गएको छ होइन भन्ने आशंका आम जनमानसमा उठिरहेको छ भने शक्ति राष्ट्रहरुले एक अर्काविरुद्ध प्रजारबाजी गर्न पनि छाडेका छैनन् । यही बेला चीनले बुहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् । प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखेका छन्, अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ? भन्दै झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् । पारदर्शी हुनुहोस्, आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस्, उनले लेखेका छन् । केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन । यी दुईको भनाइले कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी गर्छ । चीनको विशाल जनसम्पर्क अभियानले बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार