free website hit counter

अमेरिका भ्रमण अगावै एसपीपी अस्वीकार गर्न देउवालाई दबाब

beemaadmin
२०७९ असार ५, आईतवार

काठमाडौँ । यहाँ मुलुक र जनता भन्दा पनि सत्ता स्वार्थका आधारमा सन्धि सम्झौता गरिन्छ । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिने भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले शनिबार छुट्टै बैठक गरेर एसपीपीबारे जनतालाई स्पष्ट पार्नका लागि श्वेतपत्र जारी गर्न पनि आग्रह प्रधानमन्त्रीसँग गर्ने समझदारी बनाएका छन् । प्रधानमन्त्री देउवाले एसपीपी अगाडि नबढाउने प्रतिबद्धता जनाए पनि पत्राचार गर्ने विषयमा अहिलेसम्म केही बताएका छैनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एसपीपीकै विषयमा आइतबार प्रधानमन्त्री देउवासँग भेट्ने भएका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणमा कुनै आशंका नहोस् भनेर त्यसपूर्व नै पत्राचार र श्वेतपत्र जारीको आग्रह गर्ने रणनीति उनीहरूले बनाएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि राष्ट्रिय अन्योल चिर्न प्रधानमन्त्रीसँग भेटेर नै छलफल गर्ने समझदारी नेताहरूबीच भएको बताए । स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता हुने हो कि भन्ने भय सत्ता गठबन्धनका अन्य दलमा छ । सोही कारण देउवामाथि दबाब बनाउने रणनीति तीन नेताले लिएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुनेमा आफू विश्वस्त रहेको बताए । तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ । एसपीपी प्रकरणले नेपालका राजनीतिक नेतृत्वको विश्वसनीयता घटाएको र सेनाको साखमा पनि क्षति पुर्‍याएको टिप्पणी भइरहेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि एसपीपीबारे नेपाली सेनाले अमेरिकी दूतावासलाई सोझै पत्राचार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार