free website hit counter

अमेरिकी कूटनीतिज्ञमाथि चीनमा माइक्रोवेभ हतियार आक्रमण

beemaadmin
२०७७ मंसिर २४, बुधबार

एजेन्सी । ठूला र सम्पन्न मुलुकबीच अब आणविक होइन जैविक युद्ध चलिरहेको छ । तर त्यो युद्ध सामान्य मानिसले पत्तो पाउँदैन । त्यहाँ त बमबारी हुन्छ नत सैनिकको उपस्थिति नै हुन्छ । पछिल्ला केही वर्षयता चीन र क्युबामा अमेरिकी दूतावासका कैयौं स्टाफ रहस्यमय तरिकाले बिरामी भएका थिए ।

यी घटनाहरुको जाँचपछि अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजले उनीहरुमाथि माइक्रोवेभ ऊर्जाबाट आक्रमण गरिएको आशंका सबेभन्दा अधिक भएको बताएको छ । सीएनएनको रिपोर्टअनुसार नेशनल एकेडेमी अफ साइन्सेजले आफूले जाँच गरेका केसहरुमा ‘पल्स्ड रेडियो फ्रिक्वेन्सी इनर्जी’को प्रयोग गरिएको संकेत पाइएको बताएको छ ।

रिपोर्टमा सोचविचार गरिएको रणनीति अन्तर्गत माइक्रोवेभ ऊर्जाको प्रयोग गरिएको भनिएको छैन तर आपराधिक प्रकृतिका मानिसहरु यसको पछाडि हुन सक्ने भनिएको छ । डाक्टर र वैज्ञानिकहरुको १९ सदस्यीय कमिटीले अमेरिका सरकारको अनुरोधमा यो जाँच गरेको हो । २०१७ मा मार्क लेन्जी नामका अमेरिकी कूटनीतिज्ञ ग्वान्झाउमा तैनाथ थिए । एक दिन उनी रहस्यमय तरिकाले बिरामी भए र उनलाई टाउको दुख्न थाल्यो । पद्न पनि समस्या हुन थाल्यो । स्मरणशक्ति कमजोर हुने र निद्राको समस्या पनि सुरु भयो ।

मार्क लेन्जीको एमआरआइ स्क्यानमा उनको मस्तिस्कको २० भागको घनत्व कम भएको पाइएको छ । खासगरी ती भागको घनत्व कम भएको थियो जो स्मरणशक्ति र भावनात्मक विषयसँग सम्बन्धित हुन्छन् । अर्कोतर्फ मस्तिस्कका तीन भागको भने घनत्व बढेको पाइयो । अनुसन्धानकर्ताका अनुसार मस्तिस्कका कैयौं भागको घनत्व कम हुनु ब्रेन इन्जुरीको संकेत हुन सक्छ ।

अमेरिकी अधिकारीहरुमा यस्ता आक्रमण धेरैजसो २०१६ र २०१७ मा भएका थिए । केही केसहरु भने २०१७ पछि पनि देखिएका थिए । नेशनल एकेडेमी अफ साइन्सेजले माइक्रोवेभ हतियारका विषयमा चिन्ता जाहेर गरेको छ । विश्वमा माइक्रोवेभ हतियार भएका देशहरु निकै कम छन् । यी देशहरुमध्ये रुसलाई पनि गनिन्छ । क्युबामा अमेरिकी अधिकारीहरु रहस्यमय तरिकाले बिरामी हुनुको पछाडि रुस जिम्मेवार भएको आशंका गरिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार