free website hit counter

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफमाथि राष्ट्रघातको अभियोगमा मृत्युण्डको फैसला सुनाइएको भोलिपल्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ ।

ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् । तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो । अब राष्ट्रपति ट्रम्पले माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार