free website hit counter

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ। यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएका थिए। तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बर बहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए। त्यस्तै, नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन्। निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो। कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको छ। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ। उक्त कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन्। कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी नै खारेज गरेको थियो। साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेको छन्। आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्च अदालतले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार