free website hit counter

अलपत्र नेपालीको उद्दारमा सक्रिय जनसम्पर्क समिति भारत

beemaadmin
२०७८ जेष्ठ १२, बुधबार

दिल्ली । नेपाली जनसम्पर्क समिति भारत र गैरआवासीय नेपाली संघ भारतले अलपत्र नेपालीको उद्दारमा सक्रियता देखाएको छ । भारतको महाराष्ट्रबाट नेपाल फर्कने क्रममा दलालहरुले ७५ जना नेपालीहरुलाई गौरी फन्टासम्म पुर्याइदिने भनेर प्रतिव्यक्ति ४ हजार भाडा लिई महाराष्ट्र र मध्यप्रदेशको बोर्डर नजिक जङ्गलमा अलपत्र पारेका थिए । जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा नेपाली दूतावास नयाँदिल्ली, मध्यप्रदेशको गृहमन्त्रालय, नेपाली जनसम्पर्क समिती मध्यभारतका अध्यक्ष लोकमनि घिमिरे, ऋषिकेश घिमिरे, कमल श्रेष्ठ, सीता अधिकारी, नन्दनी न्यौपाने, पुजा पाण्डे लागायतको टिमले गैरआवासीय नेपाली संघ भारतको विशेष सहयोगमा नेपालको गौरी फण्टा बोर्डरसम्म पिसिआर परीक्षण तथा आवस्यक मापदण्ड पालना गरी नेपाल पठाउन सफल भएको बताइएको छ । सबैको सहयोग तथा ३ दिनको अनवरत प्रयासमा उद्धार गरेर पठाउन सफल भएको अध्यक्ष पाण्डेले बताउनुभयो । अध्यक्षा पाण्डेले महामारीका बेला जंगलमा अलपत्र पारेर भाग्ने दलालहरुलाई खोजी गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत बताउनुभयो । त्यस्तै अन्य १३० जनालाई पनि यसरी नै बीच बाटोमा ५ दिनदेखि अलपत्र परेको जानकारी दिँदै उहाँहरुको पनि खोजी गरेर उद्दार गर्ने जानकारी दिनुभयो । महामारीका बेला सबै कुरा नबुझी यात्रा नगर्न तथा दलालको चंगुलबाट बच्न समेत पाण्डेले सबै नेपालीलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार