free website hit counter

अष्ट्रियामा यी नेपाली महिलाले किन गरिन आफ्नै तीन सन्तानको हत्या

beemaadmin
२०७७ कार्तिक २, आईतवार

काठमाडौं। आफैंले जन्म दिएका एक जना होइन तीन तीन सन्तानको हत्या एउटी आमाबाट हुनसक्ला ? कल्पना पनि गर्न नसकिने घटना अष्ट्रियामामा भएको छ । एक नेपाली महिला आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् ।

उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन सन्तानको हत्या गरेको बताएकी थिइन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । स्थानीय मिडियाका अनुसार ती नेपाली महिलाका श्रीमान उनीसँग बस्दैनथे । महिला आफ्ना तीन सन्तानसँग बस्थिन् भने उनका श्रीमान उनीसँग छुट्टिएर बस्दै आएका थिए । श्रीमानसँग छुट्टिएर बसेको उनको पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरीले पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । घटनास्थलमा प्रहरी पुग्दा महिला स्वयं पनि घाइते थिइन् ।

उनले आफ्नै हात काट्ने प्रयास गरेको हुन सक्ने चोटको प्रकृतिले देखाएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन् । उनले पनि आत्महत्या गर्ने प्रयास गरेको पृष्ठभूमिले पनि उनलाई यस्तो अपराधतर्फ मानसिक तनावले उक्साएको अनुमान गरिएको छ । उनले आना नौ वर्षीय छोरी, तीन वर्षीय छोरी र आठ महिने छोराको हत्या गरेको बताएकी छिन् । प्रहरी उनी बसेको अपार्टमेन्टमा पुग्दा तीन वर्षीय बालिका र आठ महिने बालकको ज्यान गइसकेको थियो तर नौ वर्षीय बालिकाको सास चल्दै गरेको पाइएकोले उनलाई तत्काल अस्पताल लगिएको थियो तर अस्पतालमा उनको ज्यान गयो ।

उच्च स्रोतका अनुसार ती महिला बुटवलकी ३१ वर्षकी चन्द्रा भट्टराई अर्याल हुन् । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ । दूतावासले आफ्नो फेसबुकमा लेखेको छ, आज मिति १७ अक्टोबर २०२० का दिन भियनामा घटेको अकल्पनीय घटनाप्रति सम्पूर्ण नेपाली समुदाय सहित यस राजदूतावास परिवार समेत अत्यन्त दुखित रहेको छ । सो घटनाका सन्दर्भमा स्थानीय प्रहरीसँग राजदूतावास नियमित सम्पर्कमा रहिरहेको छ । – डीसी नेपालबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार