free website hit counter

अष्ट्रेलियाबाट नेपाल फर्किने हवाई टिकटमात्रै १,९५,०००

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

अष्ट्रेलिया। विदेशमा अलपत्रपरेका नेपालीहरुलाई फिर्ता गर्ने अभियान नेपाल सरकारले थालेको छ । सरकारले चार्टड विमानमार्फत विभिन्न देशबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेको छ । अष्ट्रेलियामा सयौँको संख्यामा नेपाल फर्कन चाहने रहेका छन् । तर उनिहरुको लागि स्वदेश यात्रा खर्चिलो हुने भएको छ । सरकारले उद्धार गर्न लागेको ३० देश मध्ये प्रमुख श्रम गन्तव्य साउदी, कुवेत, मलेसियालगायतका देशबाट आउने नेपालीहरूका लागि हवाई भाडा दोस्रो पटक घटाएको छ । तर अन्य देशको भने यथावत नै रहेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपाली स्वदेश फिर्ता हुँदैछन् । नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ अनुसार यही असार ३ गते बुधबार पहिलो र ८ गते सोमबार दोस्रो चार्टर उडानमार्फत पीडितलाई नेपाल पठाउन लागेको छ ।
अष्ट्रेलियाबाट नेपाल फर्कने विमान भाडा १६ सय १५ अमेरिकी डलर अर्थात झण्डै १ लाख ९५ हजार भन्दा बढी नेपाली रुपियाँ भाडाकै लागि एकजना व्यक्तिले खर्चनु पर्ने भएको छ । विभिन्न भिषामा आएका १३ सय नेपालीले स्वदेश फर्कनका लागि नेपाली दूतावास क्यानवेरामा फारम भरेका छन् । नेपाल गएर क्वारेन्टाईनमा बस्ने खर्च समेत आफैले व्यहोर्नुपर्ने भएकाले पनि स्वदेश यात्रा खर्चिलो हुने देखिएको छ । भाडा मंहगो परेपछि फारम भरेका नेपाली समेत दोधारमा परेका छन् ।
यसैगरी नेपाल फर्कने यात्रुहरुले पीसीआर र आरडीटी टेस्ट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ । यस्तो परीक्षण दूतावासले जानकारी गराएपश्चात मात्र गर्न पनि दूतावासले अनुरोध गरेको छ । साथै यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्ताे छ दूतावासकाे सूचना

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार