free website hit counter

अष्ट्रेलियामा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट एक जनाको ज्यान गयो

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

सिड्नी । विश्व कोरोनासँग लडिरहँदा भविष्य खोज्न अष्ट्रेलिया पुगेका युवाबीच सिड्नीको हर्षभिलमा ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको बताइएको छ । दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको समूहबीच भेट भएर भनाभन भएपछि सो झगडा सुरू भएको थियो। पबमा दुई पक्षबीच भेट भएपछि केही विवाद भएको र पबको सुरक्षाकर्मीले पाँच जनाको एक समूहलाई पबबाट बाहिर निकालेको थियो। पछि सोही समूहले बाहिर कुरेर बसेको थियो। त्यसपछि पनि विवाद हुँदा ललितपुर इमाडोल घर भएका ती युवक गम्भीर घाइते भएका थिए। पबभित्रको सानो झगडालाई लिएर बाहिर बसेको समूहले आक्रामक व्यवहार देखाउँदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो। उनलाई प्रहरीले गम्भीर अवस्थामा सडकबाट फेला पारेपछि सेन्ट जोर्ज हस्पिटल पुर्‍याएको थियो। झैझगडामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको र केहीलाई सोधपुछ गरी छाडेको छ। पवबाट निकालिएका समूहको एक व्यक्ति पनि अस्पतालामा उपचाररत छन्। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केही भन्ने अवस्था नरहेको जनाएको छ।

सम्बन्धित समाचार

अझ कडा बन्यो लकडाउन

beemaadmin
२०७६ चैत्र २२, शनिबार

१ सय २६ जना रेड जोनमा

beemaadmin
२०७६ चैत्र २२, शनिबार