free website hit counter

असहज अवस्थामा पनि गुराँस लाइफको सफलता, ९६ करोड बीमाशुल्क आर्जन

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं । असहज अवस्थाका बीचमा पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा राम्रो फड्को मारेको देखिएको छ । कम्पनीको खुद बीमा बीमा शुल्क आर्जन दोब्बरभन्दा बढीले बृद्धि भएको छ भने मुनाफा सहितमा सूचाङकहरु सकरात्मक देखिएका छन् ।

कम्पनीले यस अवधिसम्ममा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११४ दशमलव ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement
Advertisement

एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख र महाविपत्ती कोषमा ४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

Advertisement
Advertisement

यस अवधिसम्ममा कम्पनीले ९७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा एक करोड ८ लाख रुपैयाँ ले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी कम्पनीले हालसम्म इन्स्योरेन्सले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ४९९ दाबी वापत १४ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

सम्बन्धित समाचार