free website hit counter

असार २४ गते लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले असार २४ गते कम्पनीको कार्यालय, ज्ञानेश्वरमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सभामा आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ८.१२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै, सभाले सञ्चालकको संख्या घटाउने र सो प्रयोजनको लागि नियमावलीको नियम ८(२) संशोधन गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार