free website hit counter

असार २४ देखि साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार

beemaadmin
२०८० असार १८, सोमबार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएको छ । दुबै लघुवित्तले मर्जर पश्चात असार २४ गतेदेखि एकीकृत कारोबार थाल्ने भएपछि १५ दिन शेयर कारोबार रोक्का हुने भएको हो । दुबै लघुवित्तबीच मर्जर पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुबै लघुवित्तको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको असार २४ गतेदेखि १५ कार्य दिनसम्म शेयर कारोबार रोक्न नेप्सेलाई आग्रह गरेको हो । दुबै लघुवित्तबीच गत भदौ ३१ गते मर्जर सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । चैत १० गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच एक आपसमा १ः०ः८७ शेयर स्वाप अनुपात स्वीकृत गरेको थियो । नेपाल राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सम्बन्धित समाचार