free website hit counter

असोज २३ मा जेनजीको कुनै कार्यक्रम छैन

beemaadmin
२०८२ आश्विन १६, बिहीबार

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ अर्थात् असोज २३ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको प्रष्ट्याएका छन् । अक्टोबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्राश फैलाइएपछि उनले सो प्रष्टीकरण दिएका हुन् । ढुंगानाले देशमा कायम भएको शान्ति विथालन युवाहरूले नचाहेको बताए । टिकटबमा भिडियो पोस्ट गर्दै ढुंगानाले भनेका छन्, धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रष्ट्याउन चाहन्छु अक्टोवर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौं। शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन । एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नहुने ढुङ्गानाको भनाइ छ । उनले थपे, बअक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौ । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । त्यस्तो अवस्था थियो । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिदैनौं । देशमा बनिसकेको शान्ति फेरि भंग गर्नेवाला छैनौं ।’ अहिले आन्दोलन गर्नुपर्ने कुनै पनि कारण नरहेको ढुंगानाले बताए । आफूहरूको माग पूरा नभएमा विभिन्न ढंगबाट दवाव दिन सकिने उनको भनाइ छ । ‘एजेन्डाबिनाको आन्दोलनको कुनै अर्थ छैन । हामी जेनजी यसमा संलग्न छैनौं’ उनले दोहोर्याए ।

सम्बन्धित समाचार