free website hit counter

असोज ८ मा एनएलजी इन्स्योरेन्सको साधारण सभा

beemaadmin
२०७६ भाद्र १४, शनिबार

एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी असोज ८ गतेका लागि १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स संचालक समितिको २८६औं बैठकबाट सो मिति तय भएको हो । साधारणसभा आम्रपाली ब्याङ्केट, बालुवाटार असोज ८ गते बिहान ११ बजेबाट शुरु हुने बताइएको छ ।
इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा कुल २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाए पनि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएपछि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बीमा समितिको निर्देशन बमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गरिएकोमा जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएको हुदाँ यस वर्ष बोनस तथा नगद लाभांश वितरण नगर्ने बताइएको छ ।
लाभांश वितरण नगरे पनि कम्पनीले हकप्रद शेयर बिक्री गरेर बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी थालिसकेको छ । हाल कायम ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गरेर एक अर्ब २ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सोही बैठकले पारित गरेको हो ।
इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि भदौं २५ गते बुक क्लोज गर्ने बताएको छ। भदौं २४ गते सम्म कायम भएका शेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार