free website hit counter

अहिलेसम्म परेन लघु बीमाका लागि आवेदन

beemaadmin
२०७९ भाद्र २५, शनिबार

काठमाडौं । नियाम निकाय बीमा समितिले १० लघु बीमा कम्पनीको लाइन्सेन्सका लागि आह्वान गरेको १३ दिन बितिसक्दा हालसम्म कुनै पनि कम्पनीले लघुबीमाको इजाजतपत्र लिनका लागि आवेदन दिएका छैनन् । बीमा समितिले आवेदन खुला गरेको १३ दिन पुग्दासम्म कुनै पनि कम्पनीले लाइसेन्स लिनका लागि आवेदन नदिएको समितिले जनाएको छ । समितिले गत भदौ १० गते लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो । लघुबीमाको लाइसेन्स लिन ईच्छुकले सूचना जारी भएको ३५ दिनसम्म आवेदन तथा प्रस्ताव पठाउन आह्वान गरेको थियो । तर, १३ दिन बढी समय हुँदासम्म पनि कुनै कम्पनीले आवेदन नदिएका हुन । अब आवेदन दिने समय १७ दिन मात्रै बाँकी रहेको छ ।
समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा गरी बढीमा ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्नको लागि बाटो खुला गरेको छ । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।लघुबीमा कम्पनी स्थापनाको लागि जारी गरेको निर्देशिका अनुसार लघुबीमा कम्पनीले गर्न पाउने व्यवसाय बारे स्पष्ट नहुँदा अन्यौलता छ । अध्यक्ष सूर्यप्रसाद सिलवालले भने यस विषयमा समितिले थप गृहकार्य गरिरहेको बताए । लघुबीमा व्यवसाय गर्ने कम्पनीले कति रकम बराबरको बीमा गर्न पाउने भनेर सीमा तोकिने बताउँदै अध्यक्ष सिलवालले काम भइरहेको बताएका छन् ।

सम्बन्धित समाचार