free website hit counter

आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच बीमा सम्झौता

beemaadmin
२०७८ मंसिर १९, आईतवार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मिबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात पिक मिका चालक र प्रयोग गर्ने सबै ग्राहक महानुभावहरुको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मिका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पिक मिका चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा अध्यक्ष लगायत पिक मि टिमलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा सिइओ श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार