free website hit counter

आइएमई बाल उज्ज्वल (सावधिक) जीवन बीमा योजना

beemaadmin
२०७६ भाद्र २१, शनिबार

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यो २१ नम्बर बीमा योजना बालबच्चालाई लक्षित गरेर ल्याइएको बीमा योजना हो । यस योजनामा बीमितभन्दा प्रस्तावक (अभिभावक) को भूमिका बढी हुन्छ । यस बीमा योजनामा भरखर जन्मेको बच्चादेखि १५ वर्षको व्यक्ति बीमित हुनसक्दछ भने प्रस्तावक कम्तिमा १६ वर्षदेखि बढीमा ६५ वर्षको हुनुपर्दछ । बीमा अवधि सकिँदा प्रस्तावकको उमेर ७० वर्ष कट्नु हुँदैन । बीमाको अवधि घटिमा १० वर्ष र बढीमा ३० वर्षको हुन्छ भने बीमितको परिपक्व उमेर १६ वर्षदेखि ३० वर्षसम्मको हुन्छ । यस योजनामा बीमाङ्क रकम रु. ५०,०००।– देखि माथिको गर्न सकिन्छ भने यदि २० लाख भन्दा माथिको बीमालेख खरिदमा प्रस्तावकको पनि उतिनै रकमको बीमा जरुरी हुन्छ । यस बीमा योजनामा बीमितको बीमा गर्नासाथ जोखिम वहन गरिँदैन । बीमितको उमेर १५ वर्षको भएमा एक वर्षपछिबाट जोखिम वहन गर्दछ भने कम उमेरको लागि बीमितको उमेर ६ वर्ष पुगेको वा दुइ वर्षको बीमाशुल्क भुक्तानी गरेको पछिल्लो घटनाक्रमबाट जोखिम वहन गर्दछ ।

यस बीमालेख अन्तर्गत रु. २५०,००० देखि रु. ४९९,९९९ सम्मको बीमाङ्कमा प्रतिहजार एक रूपैयाँ र रु. ५००,००० देखि माथि दुइ रूपैयाँ छुटको व्यवस्था गरिएको छ । बीमाशुल्क वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी बुझाउन सकिन्छ भने शुल्क बुझाउने तरिकाको आधारमा वार्षिकमा २ प्रतिशत र अर्धवार्षिकमा १ प्रतिशत छुटको व्यवस्था छ ।

 

रकम भुक्तानी दिइने अवस्थाहरू

बीमाको अवधि पूरा भई बीमित जीवितै रहेमा बीमाङ्क रकम र आर्जित मुनाफा बीमितलाई भुक्तान गरिन्छ भने जोखिम वहन भएपछि बीमा करारभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित मुनाफा प्रस्तावक वा नजिकको हकवालालाई एकमुष्ट दिइन्छ । यदि बीमितको जोखिम वहन नहुँदै बीमितको मृत्यु भएमा बीमाशुल्क फिर्ता गरिन्छ तर अतिरिक्त शुल्कहरू (ADB, PTD, PWB) फिर्ता गरिँदैन । पूरक करारहरू भएमा एकैसाथ नियमसंगत रूपमा भुक्तान गरिन्छ ।

 

पूरक कराहरू

 

क.  बीमाशुल्क मिनाह लाभ (Premium Waiver Benefit)

यो ऐच्छिक करार सुविधा हो तर अत्यावश्यक मानिन्छ । किनकी बीमाशुल्क प्रस्तावकले बुझाउने हुँदा प्रस्तावकको जोखिम वहन गरी बीमितलाई सुरक्षित पार्ने प्रमुख उपाय हो । १६ वर्ष नपुगेको बीमित र ७० वर्ष नपुगुञ्जेलको प्रस्तावकको मृत्यु भएमा दुर्घटनाको कारणले स्थायी अंगभंग भएमा पूरक करारको बीमाङ्क रकम वा बढीमा ५० लाखसम्मको मूल बीमालेखको सम्पूर्ण बीमाुशल्क मिनाह हुनेछ वा तिर्नु पर्दैन र बीमितले बीमाको अवधि पुगेपछि बीमाङ्क रकम र मुनाफा एकमुष्ट प्राप्त गर्दछ ।

 

ख.  मासिक आम्दानी सुविधा (Monthly Income Benefit)

यस करार अनुसार पूरक करारको १ प्रतिशतको दरले बीमितलाई प्रत्येक महिना भुक्तानी गरिन्छ ।

 

ग.   दुर्घटना मृत्युलाभ, स्थायी असक्तता यसै बीमा कम्पनीमा गरिएको बीमाङ्कहरूको योगफल समेत ५० लाख सम्मको उपलब्ध गरिन्छ । यो करार बीमा अवधिभरि वा बीमितको उमेर ३० वर्षसम्म प्रदान गरिन्छ । अतिरिक्त शुल्कहरू प्रतिहजार प्रतिवर्ष रु. १ देखि रु. ४ सम्म कायम गरिएको छ ।

–    समर्पण/चुक्ता मूल्य र कर्जा सुविधा उपलब्ध छ ।

 

यस बीमालेखको प्रमुख आकर्षणहरूः

–    बीमा गरेपछि प्रस्तावकको मृत्यु हुँदा वा दुर्घटनाबाट स्थायी असक्तता भएमा बीमितले बीमाशुल्क तिर्न नपर्ने (पूरक करार) ।

–    बीमाको अवधि पुगेपछि पूरा बीमाङ्क रकम र मुनाफा भुक्तानी गरिने ।

–    मासिक आय सुविधा लिन सकिने ।

–    बीमित आर्थिक रूपमा सुरक्षित भई भविष्य उज्ज्वल हुने ।

नोटः यस बीमालेख अन्तर्गत बीमितले दुर्घटना लाभ लिन चाहेमा आफू १६ वर्ष पूरा भएको र बीमालेख जारी भएको मितिबाट अतिरिक्त शुल्क तिरेर लिन सकिने छ । र १६ वर्ष उमेर मुनिको व्यक्तिलाई उक्त सुविधा उपलब्ध छैन ।

 

सम्बन्धित समाचार