free website hit counter

आइएमई लाइफले असारमा गर्‍यो ७ करोड बढीको दाबी भुक्तानी

beemaadmin
२०८३ श्रावण २३, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३/८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार असार महिनामा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरिएको हो।

Advertisement
Advertisement

कुल दाबी भुक्तानीमध्ये म्यादी बीमातर्फको हिस्सा सबैभन्दा बढी रहेको छ। कम्पनीले म्यादी बीमातर्फ १४६ वटा दाबीबापत २ करोड ५२ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

Advertisement
Advertisement

त्यस्तै, परम्परागत जीवन बीमातर्फ २४ वटा दाबीका लागि २ करोड ४२ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

यसैगरी, वैदेशिक रोजगार बीमातर्फ १९ वटा दाबीबापत कम्पनीले २ करोड ११ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

कम्पनीका अनुसार असार महिनामा भएको कुल दाबी भुक्तानीले बीमित तथा हकवालालाई समयमै बीमा दाबी उपलब्ध गराउने प्रक्रियालाई प्राथमिकतामा राखिएको देखाएको छ।

सम्बन्धित समाचार