free website hit counter

आइएमई लाइफले गर्यो अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम

beemaadmin
२०७७ पुष १५, बुधबार

काठमाडौं । जीवन बीमाको क्षेत्रमा आफूलाई स्थापित बनाउन सफल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।

विर्तामोडको सिटिसेन्टरमा पुस १३ गते आयोजना गरेको कार्यक्रममा कम्पनीका सिईओ कवि फुँयाल, कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल र सहायक प्रदेश प्रमुख मिलन दाहालको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस, एमडिआरटी हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सेल्स कोड तर्फ प्रथम हुनुभएकी मिना गुरुङ श्रेष्ठ, दास्रो भएका टिका राम पाठक र तेस्रो भएका टिका लिम्बुलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement

त्यस्तै, टिम विजनेस तर्फ प्रथम भएका हरी खनाल, दास्रो भएका हरि लम्साल र तेस्रो भएका नरेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यस्तै, कम्पनीको इतिहासमा पहिलो डब्बल एमडिआरटी हासील गर्न सफल भएकी मिना गुरुङ श्रेष्ठ र १५ दिनमा एमडिआरटी हासील गर्न सफल भएका यम कुमार राई र मिन बहादुर तामाङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार