free website hit counter

आइएमई लाइफले पायो शतप्रतिशत हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । बीमा समितिबाट आइएमई लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । समितिबाट स्वीकृति पाएसँगै कम्पनीले मंसिर ५ गतेसम्म साविकका शेयरधनीलाई हकप्रद बापतको रकम कम्पनीले तोकेको बैंक खातामा बुझाउन आग्रह गरेको छ । समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीले संस्थापक शेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ छ । कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार