free website hit counter

आइसियु र भेन्टिलेटरमा ४४१ जना संक्रमित

beemaadmin
२०७७ कार्तिक २२, शनिबार

काठमाडौं । सामान्य अवस्थाका विरामीलाई घरैमा राखिएको छ भने केही लक्षण देखिएका विरामीलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अझै गम्भीर प्रकृतिको लक्षण देखिएका विरामी आइसियु र भ्यान्टिलेटरमा रहेका छन् । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आइसियु र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र भेन्टिलेटरमा २ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० आइसियु र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु उपचाररत रहेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार