free website hit counter

आईएमई लाइफले दियो सम्पत्ति सुद्धीकरण तालिम

beemaadmin
२०८२ माघ १६, शुक्रबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स क्रम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम दिएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्गडे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको हो। जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवं रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवम निर्देशनहरू, लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको सुशासन सवल बनाउन र ग्राहकको विश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पूर्ण अभिकर्तासाथीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार