free website hit counter

आईपीओ जारी गर्ने प्रक्रियामा खप्तड लघुवित्त

beemaadmin
२०७८ मंसिर २७, सोमबार

काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ।
कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।
यसैगरी खप्तड लघुवित्तले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। यस सम्बन्धमा आज खप्तड लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार