free website hit counter

आई पे रेमिटको रकम कृषि विकास बैंकमा

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौं । आई पे रेमिट र कृषि विकास बैंक बीच विप्रेषण कारोबार भुक्तानी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । कृषि विकास बैंकका प्र.का. अधिकृत अनिलकुमार उपाध्यायको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्रप्रसाद शर्मा र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गरे । दुई पक्ष बीचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक–अर्कालाई सहयोग गरी अगाडी बढेर जानुपर्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने हुँदा ग्राहकलाई थप सुविधा मिल्ने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए ।
साथै, उनले हालको परिस्थितिमा पनि ग्राहकलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरुसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने पनि बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार