free website hit counter

आजदेखि एनआरएनए महाधिवेशन

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । विभिन्न पेसा–व्यवसायको सिलसिलामा ८० लाख बढी नेपाली देश बाहिर रहेको छन् । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् । आफ्नो छाता संगठनको सांगठनिक सुदृढीकरण, नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णय महाधिवेशनमार्फत हुने भएकाले विदेशमा रहेका नेपालीहरूमा चटारो बढेको छ । सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं झरिसकेका छन् ।
होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुने बताइएकोृ छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महाधिवेशन उद्घाटन गरिने छ ।

नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पदमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, धेरैले आकांक्षा देखापछि अघिल्ला महाधिवेशन जस्तै यस पटक पनि रोचक चुनावी भिडन्त हुने भएको छ । अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा उत्रिएका छन् । पन्त वाम र आचार्य प्रजातान्त्रिकनिकट मानिन्छन् । दुवैले नयाँ नेतृत्वका लागि आफू योग्य भएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार तीव्र पारेका छन् ।

उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन् । उपाध्यक्षका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहे पनि खासगरी डा. बद्री केसी, सोनाम लामा, रवीना थापा, डा. केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पन्तको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका धर्मराज अधिकारी पनि कडा प्रतिस्पर्धी हुन् ।

महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित गर्नेछ । प्रत्येक क्षेत्रीय समितिबाट एक–एक गरी ६ जना क्षेत्रीय संयोजकहरु निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने एनआरएनएले जनाएको छ । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार